सुरुवात भनेको नै ' म ' बाट हुने हो - Krita Karki

दसैँ मनाउने भन्ने बित्तिकै पिङ्ग खेल्ने, नयाँ कपडा किन्ने अनि छुटाउनै नहुने अर्को कुरा खसी, राँगा आदि काटेर देवीलाई बली चढाउने कुरा दिमागमा आउनु स्वाभाविक नै हो। सानो छँदा देखि नै हाम्रा ठूलाबडा ले यसरी दशैं मनाएको हामीले देखि आएका छौं। दशैंको रौनक नै नेपाली माझ छुटै छ। नेपालीहरुको सबैभन्दा महान चाडको रूपमा लिइन्छ दसैंलाई। 

आफन्त भेला भएर रमाईलो गर्ने देखि लिएर टिका जमारका साथमा आशीर्वाद थाप्ने कुराहरू सार्है प्रिय लाग्छन्। बस् यो पशु बली दिने चलन हटी दिए हुन्थ्यो भन्ने लाग्छ। सानो छँदा त ओहो! खसी काट्ने भन्दा औधी रमाइलो लाग्थ्यो। ठूलो हुँदै गएसी चेतना हुँदै गयो कि यस्तो हिंस्रक काम पनि कसरी रमाइलो हुन सक्छ र?

ती निर्दोष पशीहरूहरुलाई दानवको प्रतिमूर्ति मानेर बली दिनु के साँच्ै उचित होला र?

हजारौँ लाखौं जनावरहरू धर्मको नाममा काटमार गरिन्छ। हत्या हिंशा पाप हो भन्ने सिकाउने धर्मले ती निर्दोष पशुलाई मार भन्छ होला र?

खैर यो सब आफ्नो आफ्नो धारणा हो र मैले कसैलाई मासु नै नखाई दशैं मनाउनु भन्न खोजेकी नि हैन। तर त्यसरी हरेक घरमा पशुबलि दिदा त्यसले मान्छेमा पनि हिंसाको भावना बढाउन सक्छ। साथै आफ्नो आर्थिक स्थिति कमजोर भएपनि यो बली दिनकै लागि भएनी खसी, राँगा, आदि किन्न पर्छ भन्ने सोच राखेका

मानिसहरूलाई पनि आर्थिक भार पर्न जान्छ। यो दशैंमा हाम्रो परिवार ले पशु बली नदिएर बरु त्यसको सट्टा एउटा कुपिन्दो पूजा गरेर त्यै कात्यौ। विगतका सालमा खसीको बली दिनु अघि बुबा बाजेले त्यसरी कुपिन्डो काटेको देखको पनि थिए। अनि आवश्यक मासु मासुपसलबाट नैं किनेर लिएर आयौ। दशैंमा आफ्नै घरमा खसी, राँगा, बोका आदि इत्यादि काट्दा धेरै मासु खाइने सम्भावना बढी नै हुन्छ र त्यसो हुँदा त्यसको धेरै चिल्लो चाप्लोले शरीरलाई असर गर्ने डर हुन्छ। हामीले साग सब्जी मिठाई अनि अरू परिकारहरु पनि बनाएर खायौं। ठूलाबडाको हात बाट टिका जमरा र आशीर्वाद थाप्यौं र रमाईलो गरी मनायौं। पशुबलि नदिँदा( घरमा खसी नकाट्दा) पनि केही फरक त परेन। दशैं सधैझै रमाइलो, हर्षोल्लास का साथ नै मनाइयो। मैले आफ्ना केही विचार पनि थप्न चाहे। यसरी दशैं मनाउँदा के हुन्छ भन्दा चाडबाडको नाममा अनावश्यक खर्च हुँदैन, आफ्नो स्वास्थ्य पनि बिग्रिदैन (राम्ररी मासु काट्न नजानेर धेरै बिरामी नि पर्ने गरेका हुन्छन्), Fridge नभएको घरमा धेरै दिन सम्म मासु राख्दा गनाउने सम्भावना एकदम बढी हुन्छ र त्यही मासु खानाले रोग लाग्ने, झाडा पखाला लाग्ने समस्या आउन सक्ने हुँदा त्यसरी ठिक्क मासु ल्याएर खाँदा त्यसको सम्भावना पनि घट्छ। सिङ्गो पशु किन्न पर्दा धेरै पैसा नि खर्च हुन्छ । कति समुदायमा त पञ्चबलि दिने गरिन्छ जहाँ दुर्गा मातालाई पाँचओटा जानवर को बली दिइन्छ। मासु खानु नै गलत त हैन तर धर्मको नाममा चाहिँ यो काटमार बन्द गरेर शान्तिपूर्ण ढंगले पनि चाडवाड मनाउन सकिन्छ जस्तो लाग्छ मलाई।     

सुरुवात भनेको नै ' म ' बाट हुने हो। 



Comments

Popular posts from this blog

A Message From Noorie - Barsha Bista

Safe Celebration - Samikshya Bhusal

Animal Friendly Festival - Anshu Mandal