मौनतामा लुकेको पीडा - Benif Pandey

 


मौनतामा लुकेको पीडा 


मलाई खुसी लाग्थ्यो,मैले मानवको जस्तै जीवन पाएँ  भनेर 

मेरो मालिकले मलाई आफ्नो छोरा-छोरीसरह माया दिए भनेर 

मैले मेरो पनि चाडबाड हुने रैछ भन्ने कुरा थाहा पाएँ

आफ्नो साथै मानिसहरुको चाडपर्वमा रमाउँदै आएँ ।


अनि मैले महसुस गर्दै थिएँ यसैकारण मानव सर्वश्रेष्ठ प्राणी रहेछ कि भन्ने 

तर जब मैले बाटोमा म जस्तै साथीलाई मानिसले कुटेको देखेँ,मेरो मन चकनाचुर भयो 

तब बल्ल मलाई थाहा भयो सबै मानिसहरु चेतना भएका नहुने रहेछन् 

त्यसैकारण म जस्तै मेरा साथिहरुले कष्ट-पीडा, रोदन सहेछन्।


हामी बोल्न सक्दैनौं त्यसको मतलव यो त हैन कि हामीलाई पीडा हुन्न

किन हामी जस्तो जीव-जन्तुलाई कष्ट दिँदा मानिसको मन छुन्न ?

यदि हामी हुने थिएनौं भने तिमीहरूको अस्तित्व नै गल्छ 

एउटा कुरा विचार गर त के मानव मात्रै भएर यो सृष्टि चल्छ?


त्यसैले मानिस भएर जन्मिएपछि मनुष्यले गर्ने सत्कर्म देखाउ 

प्राणी जगतमा मानवत्वको अस्तित्व लेखाउ 

तबमात्र मानव सर्वश्रेष्ठ प्राणी हो भन्ने अस्तित्व टिक्छ 

हैन भने मानव भएर दानव जस्तो हुनु भन्दा त अरु प्राणी भएरेै जन्मिनु ठिक छ।।



Comments

Popular posts from this blog

A Message From Noorie - Barsha Bista

Safe Celebration - Samikshya Bhusal

Animal Friendly Festival - Anshu Mandal