सुरुवात भनेको नै ' म ' बाट हुने हो - Krita Karki
दसैँ मनाउने भन्ने बित्तिकै पिङ्ग खेल्ने, नयाँ कपडा किन्ने अनि छुटाउनै नहुने अर्को कुरा खसी, राँगा आदि काटेर देवीलाई बली चढाउने कुरा दिमागमा आउनु स्वाभाविक नै हो। सानो छँदा देखि नै हाम्रा ठूलाबडा ले यसरी दशैं मनाएको हामीले देखि आएका छौं। दशैंको रौनक नै नेपाली माझ छुटै छ। नेपालीहरुको सबैभन्दा महान चाडको रूपमा लिइन्छ दसैंलाई। आफन्त भेला भएर रमाईलो गर्ने देखि लिएर टिका जमारका साथमा आशीर्वाद थाप्ने कुराहरू सार्है प्रिय लाग्छन्। बस् यो पशु बली दिने चलन हटी दिए हुन्थ्यो भन्ने लाग्छ। सानो छँदा त ओहो! खसी काट्ने भन्दा औधी रमाइलो लाग्थ्यो। ठूलो हुँदै गएसी चेतना हुँदै गयो कि यस्तो हिंस्रक काम पनि कसरी रमाइलो हुन सक्छ र? ती निर्दोष पशीहरूहरुलाई दानवको प्रतिमूर्ति मानेर बली दिनु के साँच्ै उचित होला र? हजारौँ लाखौं जनावरहरू धर्मको नाममा काटमार गरिन्छ। हत्या हिंशा पाप हो भन्ने सिकाउने धर्मले ती निर्दोष पशुलाई मार भन्छ होला र? खैर यो सब आफ्नो आफ्नो धारणा हो र मैले कसैलाई मासु नै नखाई दशैं मनाउनु भन्न खोजेकी नि हैन। तर त्यसरी हरेक घरमा पशुबलि दिदा त्यसले मान्छेमा पनि हिंसाको भावना बढाउन सक्छ। साथै...
Comments
Post a Comment